Logo
  मंसिर १३, २०८० बुधबार

सरकारले घाेषणा गरेकाे पुरस्कार रकम अहिलेसम्म आएकाे छैन: कप्तान पाैडेल



काठमाडौँ, ७ असोज । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको गुनासाे गरेका छन् ।

१९ ‍औँ एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि आज आइतवार काठमाडौँ बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका हुन् ।

उनले भने, ‘सरकारले घोषणा गरेको रकम नआएकाे भनेर कति पटक भनिसकेका छौँ । अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ के हुन्छ?’

कप्तान पाैडेलले एसियाली खेलकुदका लागि टोलीले राम्रो तयारी गरिरहेको पनि बताएका छन् ।

उनले एसियाली खेलकुदलाई लिएर सबै जना उत्साहित रहेको बताउँदै आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए । याे प्रतियाेगिताले आईसीसी टी-२० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्