Logo

यु-१९ साफ च्याम्पियनसिप फुटबल: फाइनल प्रवेशका लागि नेपालले भारतको सामना गर्दै



काठमाडौँ, १० असोज । काठमाडौँमा जारी यु-१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज साँझ ५:३० बजे हुने खेलमा समूह ‘बी’को विजेता भारत र समूह ‘ए’को उपविजेता नेपाल आमने-सामने हुँदैछन् ।

समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने भारतले भुटानलाई २-१ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

यसैगरी आजै हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र भुटान आमने-सामने हुनेछन् । उक्त खेल दिउँसो १:३० बजे हुनेछ । पाकिस्तान समूह ‘ए’को विजेता र भुटान समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्