Logo

विद्यालय शिक्षा विधेयक संसदमा पेस



काठमाडौँ, १४ असोज । सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसदमा पेस गरेको छ ।

शिक्षामन्त्री अशोक राईले आइतवार विधेयक संसदमा पेस गरेका हुन् ।

विधेयक बारेमा फरक मत राख्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले जिल्ला शिक्षा कार्यालय बिउँताउन खोज्नु गलत भएको बताए । उनले आधारभूत र माध्यमिक शिक्षालाई पालिका मातहत नै राखिनुपर्ने माग पनि गरेका हुन् ।

शिक्षामन्त्री राईले विधेयकमा सरोकारवालाले राखेका केही माग समेटेको र शिक्षक आन्दोलन लगायतबाट आएका मागलाई संसदले समेट्ने बताए ।

प्रतिनिधिसभाको अर्को बैठक आउँदो १६ गते मङ्गलवार दिउँसो १ बजेका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्