Logo
  फाल्गुन १०, २०८० बिहीबार

विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो



काठमाडौँ, १९ असोज । प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक (सामान्य) छलफल सकिएको छ ।

उक्त छलफलमा ६० भन्दा बढी सांसद्ले भाग लिएका थिए । सभाको आगामी बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।

प्रतिनिधिसभाको अर्को बैठक यही असोज २१ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्