Logo

एनआरएनको निर्वाचन अनलाइनमार्फत, परिणाम आधा घण्टामा आउने



काठमाडौँ, २८ असोज । गैर आवासीय नेपाली संघ एनआरएनको कात्तिक २ गते (अक्टोबर १९ तारिख) हुने निर्वाचन अनलाइन हुने भएको छ । निर्वाचन समितिले मतदान गर्न निर्वाचन स्थलमा आइरहनु नपर्ने जनाएको छ । निर्वाचन समितिका सदस्य चिरञ्जीवी ढकालले निर्वाचन सकिएको आधा घण्टामा मत परिणामा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

होटेल सोल्टीमा अक्टोबर १२ तारिखदेखि सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । अहिलेसम्म एनआरएनको अध्यक्षमा आरके शर्माले मात्रै उम्मेदवारी दर्ता गराएको सदस्य ढकालले जानकारी दिए ।

१९ तारिख होटेल सोल्टीमा हुने निर्वाचन सम्पन्न भएको आधादेखि १ घण्टाको समयमा मत परिणाम सार्वजनिक हुने पनि जानकारी दिए । उम्मेदवारले प्रस्तावक र समर्थक भेट्न मुस्किल परेको भन्ने प्रश्नमा ढकालले मूल उद्देश्य नै धेरै भन्दा धेरै एनआरएनहरुलाई काठमाडौँ बोलाउने रहेको बताए ।

सन् २००३ मा एनआरएन गठन हुँदा संस्थापक सचिव रहेका ढकालले अहिले अनलाइन मतदान भएका कारण थोरै मानिसहरु नेपाल आउने भएकाले प्रस्तावक र समर्थक दुई दुई जना राखिएको बताए । उनले भने कम्तिमा १ जना उम्मेदवार बन्दा ५ जना अनिवार्य उपस्थित हुनु पर्ने भएकाले यसले नेपाल आउनेको संख्या पनि बढ्ने बताए ।

यस्तै, सधैं दशैंको बेला नेपालमा अधिवेशन आयोजना गर्नु भनेको नेपालीले मनाउने सबैभन्दा ठूलो चाड दशैंका बेला नेपाल आउन पाउने भएकाले यस्तो गरिएको सदस्य ढकालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्