Logo

एनआरएनए विवाद: आरके शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा



काठमाडौँ, ५ कात्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ महाधिवेशनबाट राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा भएको छ ।

असन्तुष्ट पक्षले बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै समिति घोषणा गरेको हो ।

उनीहरुले यो शर्मा नेतृत्वको समिति नै आधिकारिक भएको दाबी गरेका छन् । यसअघि महाधिवेशनबाट निर्वाचित डा.बद्री केसी अध्यक्ष रहेको समितिले भने हिजै कार्यभार सम्हालिसकेको छ । केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक पनि बसेको थियो ।

कार्यभार सम्हाल्नुअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो ।

शनिबार बेलुका ललितपुरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठलगायतले ११औँ महाधिवेशनबाट भएको नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका थिए । लगत्तै समानान्तर समिति घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्