Logo

झापा लिग: बुद्धशान्ति र मेचीनगर विजयी



झापा, १० मङ्सिर । बुद्धशान्ति गाउँपालिकाले भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शानदार जित दर्ता गरेको छ ।

आज भएको पहिलो खेलमा हल्दिबारी गाउँपालिकालाई ५-० गोल अन्तरले हराउँदै बुद्धशान्ति गाउँपालिका विजयी भएको हो ।

खेलको २५ औँ, ६४ औँ, ६९ औँ र ७२ औँ मिनेटमा बुद्धशान्ति गाउँपालिकाका बबिन बोहोराले गोल गरे । बबिन जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । त्यस्तै, खेलको ४५ औँ मिनेटमा पारस लिम्बूले अर्को गोल गरेका थिए ।

खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका बबिन बोहोरा भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सरिता प्रसाईं, प्रमुख सल्लाहकार टिकाराज ढकाल, सौजन्यकर्ता लोकबन्धु ढुंगानाले नगद दुई हजार र ट्रफी प्रदान गरेका हुन् ।

यसैबीच, आज भएको दोस्रो खेलमा मेचीनगरले भद्रपुर नगरपालिकालाई १-० गोल अन्तरले हराएको छ । मेचीनगरको तर्फबाट खेलको दोस्रो मिनेटमा अजय राजवंशीले गोल गरेका थिए ।

खेलको प्लेयर अफ दि म्याच मेचीनगरका सिमान्त थापा भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल, सौजन्यकर्ता झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्ज्वल राईले नगद दुई हजार र ट्रफी प्रदान गरेका हुन् ।

प्रतियोगितमा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी १५ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्