Logo

सुनको भाउ अहिलेसम्मकै उच्च: तोलाको १ लाख १९ हजार ३ सय पुग्यो



फायल तस्बिर

काठमाडौँ, १३ मङ्सिर । सुनको भाउ आज एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ ।

आज तोलामा एक लाख १९ हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ अहिलेसम्मकै उच्च हो ।

मंगलबार सुन तोलामा एक लाख १७ हजार ७ सय रुपैयाँ थियो । यो हप्ता आइतवारदेखि नै सुनको भाउ निरन्तर बढेको छ ।

त्यस्तै आज चाँदीको पनि भाउ बढेको छ ।

हिजो तोलाको एक हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको चाँदी आज २० रुपैयाँले बढेर एक हजार ५ सय २० रुपैयाँ पुगेको छ । चाँदीको यो भाउ पनि अहिलेसम्मकै महँगो हो ।

प्रतिक्रिया दिनुहोस्