Logo
  मंसिर १९, २०७८ आईतबार

‘कमरेड’ नहुँदै चरीसँगको एक जम्काभेट



विष्णु रिजाल । पाँच वर्षअघि उनी यति ‘चर्चा’मा आएका थिएनन् । हिउँदको कुनै एक दिन म प्रधानमन्त्री कार्यालयबाट बल्खु पुगेको थिएँ । त्यतिबेला एकजना कमरेडले ‘यति एउटा काम गर्नुपर्ने भयो’ भन्नुभयो, जसलाई मैले काट्न सक्दिनथें ।
क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आइरहेको थियो । सधैं लफडा भइरहने त्रिचन्द्र क्याम्पसमा खुकुरी हानाहान भइसकेको थियो र केही विद्यार्थी नेताहरु हिरासतमा थिए, कोही अस्पतालमा थिए । जहिले पनि प्रतिष्ठाको विषय बन्ने स्ववियु चुनाव सत्ता साझेदार दुबै दल एमाले र कांग्रेसका लागि उत्तिकै महत्वको थियो । त्रिचन्द्रमा अखिल पस्ला कि भनेर त्रस्त नेविसंघका कार्यकर्ताहरु हतियार बोकेर घुमिरहेका थिए ।
यही पृष्ठभूमिमा मैले त्यो काम गर्नुपर्ने अभिभारा आइलागेको थियो ।
‘नेविसंघका कार्यकर्ताले साह्रै हैरान पारेका छन्, भीम रावल ९गृहमन्त्री० कुरै सुन्नुहुन्न । यो मान्छेलाई अलि दिन पक्राउबाट जोगाउन सकियो भने फाइदा हुन्छ’– मलाई भनिएको थियो– ‘त्यसैले प्रहरीलाई भनेर केही दिनका लागि पक्राउ नगर्ने वातावरण मिलाउनुपर्‍यो ।’
मोटरसाइकलमा आएका र मसँग कुरा गर्दा पनि अलिकति मात्रै हेल्मेट खोलेका ती खाइलाग्दा युवालाई मैले कहिल्यै देखेकै थिइनँ । ‘दाइ पुलिसले यत्तिकै दुस्ख दिन्छ’– उनले छोटो शब्दमा भने– ‘खासमा कांग्रेसका केटाहरुले पिछा गरिरहेका छन् ।’
ती रहेछन् दिनेश अधिकारी ।
मैले त्यहींबाट प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलाई फोन गरें । कुनै काम नगरे पनि गर्दिनँ नभन्ने स्वभावका ठकुरीसँग मलाई भनिएकै कुरा दोहोर्‍याइदिएँ । उनले ‘हुन्छ नि, तपाईंले भनेपछि म केटाहरुलाई भन्छु’ भन्दै विस्तृत विवरण टिपाउन अर्को नम्बर दिए ।
आइजीका स्टाफ रमेश थापा मैले फोन गर्दा उनीसँग रहेछन् । उनले सधैंझैं नम्र स्वरमा कुरा गरे । तर, अन्तिममा जे भने, त्यसबाट म नराम्ररी झस्कें ।
‘सरहरुले सबै कुरा थाहा पाउनु हुन्न । त्यो केटा खतरनाक अपराधीका रुपमा विकास हुँदैछ । त्यसको खास चिनिने नाम चरी हो । म दरबारमार्ग बसेको हुनाले उसका बारेमा सबै थाहा पाउँछु । सरहरु पनि यस्ताबाट सतर्क रहनुपर्छ ।’
रमेश थापाले यति भन्दै उसको मोबाइल ट्राकिङ भइरहेको हुनाले नभेट्न र फोनमा पनि कुरा नगर्न सतर्क गराए– ‘नभए सरहरु पनि लफडामा तानिनुहुन्छ । सतर्क रहनु बेस होला ।’
ती भलाद्मी र इमानदार इन्स्पेक्टरको कुराबाट म त्रस्त भएँ । फोन राख्नासाथ के भयो भनेर उसले सोध्न नपाउँदै मैले ‘भाइको नाम चरी हो रु’ भनेर सोधें । उनको अनुहारको भावमा तुरुन्तै परिवर्तन आयो र यसबाट पनि पार लाग्ने रहेनछ भनेर हेल्मेट लगाए बाहिर निस्किए ।
मैले उनी हिंडेपछि सबै विवरण मैले ती कमरेडलाई पनि बताइदिएँ ।
प्रधानमन्त्री कार्यालयमा रहँदा अनेक प्रकारका कामहरु आइपर्थे । भन्न मिल्ने, नमिल्ने सबै थरीका काम सुन्नुपथ्र्यो । व्यावसायिक प्रहरी अधिकृतहरुले भन्थे– ‘हामीलाई थाहा छ, राजनीति गर्ने भएपछि तपाईंहरु कहाँ जस्ता मानिस पनि आउँछन् । तपाईंहरुले पनि हामीलाई भन्नु कर्तव्य हुन्छ । तर, हामीले आफ्नो विवेकले सही काम गर्छौं । कति गर्ने र कति नगर्ने, हामी थाहा पाउँछौं ।’
थाहा छैन, यति बेला ती अधिकृतको विवेकले काम गर्‍यो वा गरेन । राजनीतिक तहबाट आएको दवावलाई उनीहरुले कुन रुपमा ग्रहण गरेर वा गरेनन् । चरी मारिएका छन् र त्यसमा संलग्न प्रहरीलाई तारो बनाउन खोजिँदैछ ।
मैले चिनेसम्म पुष्कर कार्की नेपाल प्रहरीका इमानदार र व्यावसायिक थोरै अधिकृतमध्येमा पर्दछन् । काठमाडौंको डनगिरीका बारेमा उनलाई सुक्ष्म जानकारी छ । हल्लाभन्दा काममा बढी विश्वास गर्ने ती अधिकृतले कुनै व्यक्तिगत रिसइबीले चरीमाथि कारवाही गर्न टोली पठाए होलान् जस्तो लाग्दैन ।
चरी साँच्चै प्रहरीका लागि चुनौती बनेर आएका थिए ।
चरी एमालेमा प्रवेश गरेपछि एक दिन कफी खाने क्रममा एकजना अपराध अनुसन्धानमा पकड राख्ने प्रहरी अधिकृतले निकै चिन्ता व्यक्त गरेका थिए । ‘अपराधीलाई हामी कारवाही गर्न सक्छौं’– उनले भनेको मोटामोटी कुरा थियो– ‘जब त्यसले राजनीकि कभर पाउँछ, अझ आफैं ऊ कार्यकर्ताका रुपमा राजनीतिमा संलग्न हुन्छ, त्यसबेलामा प्रहरी निरीह हुन्छ । फलाना, फलानालाई अहिल्यै केही गर्न नसक्ने हो भने हेर्दै जानुहोला, भोलि कुनै दिन हामीले यिनलाई सलाम गर्न जानुपर्छ ।’
यसबीचमा डनगिरीसँग एमालेको नाम कुनै जोडियो । हाल सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका विराटनगरका पर्शुराम बस्नेतदेखि धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष बनेका दिनेश अधिकारी ९चरी० सम्मले एमालेलाई बद्नाम बनाउन भूमिका खेलिरहे । अझ भएन भनेर अर्का चर्चित डन सुजन पौडेल उर्फ रमेश बाहुन पनि गत वर्ष तामझामका साथ एमालेमा प्रवेश गरे । थाहा छैन, यसबाट एमालेको कति शक्ति आर्जन भयो र कति ती युवामा सुधार आयो । तर, सार्वजनिक रुपमा डनको नाम लिनासाथ एमालेका केही नेताका कानका रौं भने तात्ने गरेको देखिन्थ्यो ।
आज एमाले अक्करमा परेको छ । गत वर्ष असार २३ गते राधे समूहले नागढुंगामा चरीमाथि गोली चलाएपछि उनलाई भेट्न एमालेका नेताहरु शिक्षण अस्पताल नै पुगेका थिए । यसपटक मृत्यु भएपछि पनि एकथरी नेताहरु आक्रोशित छन् । पक्कै पनि राज्यले गैरन्यायिक हत्या गर्न मिल्दैन, पाइँदैन । मृत्युदण्डलाई संविधानले बर्जित गरेको छ । तर, राजनीति र अपराधलाई अलग बनाउन सक्ने होइन भने अहिले एमाले परे जस्तै अक्करमा परिन्छस् कार्यकर्ता हो, पदमा पनि बसेको हो, आफ्नै पार्टीका उपाध्यक्ष गृहमन्त्री भएको बेला ‘मुडभेड’ मा मृत्यु हुन्छ तर पनि पार्टीले मुख खोल्न सक्दैन ।
चक्रे मिलनदेखि दीपक मनाङेसम्म कुनै न कुनै नेतासँग नाम नजोडिएका नेता होइनन् । चक्रेले त एमालेकै नेताकी श्रीमतीलाई दिदी मानेका छन् र तिहारमा टिका लगाउँछन् भन्ने पनि सुनिन्छ । गणेश लामालाई विजय गच्छदारले केन्द्रीय सदस्य बनाएका छन् । महासमिति सदस्य मीनकृष्ण श्रेष्ठलाई कांग्रेसले राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्ष बनाएको थियो । दीपक मनाङे पनि कुनै पार्टीका उपाध्यक्ष छन् । पर्शुराम बस्नेत त अस्ति एमालेको महाधिवेशन प्रतिनिधि नै भएर आएका थिए ।
प्रश्न यो छ– यी युवालाई प्रयोग मात्रै गर्ने कि सुधार्ने पनि रु सुधार्नका लागि भाषण मात्रै गर्ने कि केही ठोस काम पनि गर्ने रु अथवा यस्तालाई अपराधीकै व्यवहार गरेर कारवाहीका लागि राज्यलाई अझ बलियो बनाउने कि  ।  बुधबार डटकमबाट

प्रतिक्रिया दिनुहोस्