Logo

राजकुमार र राधाको स्वर रहेको मदानीको म्युजिक भिडियो सार्वजनिक



काठमाडौँ, ३० मंसिर । राजकुमार शशंकरको ‘मदानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक राजकुमार शशंकरलाई स्वरमा गायिका राधा गुरुङले दिएकी छन् ।

जीवन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीत राजकुमार शशंकरकै छ । गीतको भिडियोमा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको अभिनय देख्न सकिन्छ । विशाल घिमिरेको डिरेक्सन रहेको उक्त गीतको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।

योभन्दा अघि सार्वजनिक भएको गायक राजकुमार सशंकरको ‘ए रमा’ बोलको गीतले निकै चर्चा बटुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्