राजेन्द्र गौतम । मुलुक अहिले महाभूकम्पको त्रासदीबाट गुज्रिरहेको छ । तिन हजारभन्दा बढीको ज्यान गएसकेको छ । अझै सयौको पुरिएका शव निकाल्न बाँकी छ । यस्तो अवस्थामा त्रास बढ्ने नै भयो । शनिबार मध्यान्ह गएको विनासकारी भूकम्पले जे जति जनधनको क्षति गरेको छ, त्योभन्दा धेरै गुणा बढी क्षति भएको छ । क्षतिको यथार्थ विवरण आउन लामै समय लाग्छ । मुलुकभर भूकम्पले विनास गरेकाले एकैपटक तथ्याड्ढ सार्वजनिक गर्न कठिन छ ।
शनिबार ११ः५६ बजे पहिलोपटक भूकम्प गएपछि दिनभर नै साना ठूला धक्का गइरहे । आइतबार १२ः५७ मा भूकम्पको ठूलो धक्का महसुस गरिएपछि जनमानसमा त्रास बढेको छ । भयड्ढर त्रासका बीच मानिस समय कटाइरहेका छन् र छौँ । यस्तो बेलामा सबैभन्दा ठुलो सावधानी हो । आवश्यक सावधानी अपनाउन सकियो भने थप जनधनको क्षति हुनबाट जोगिन्छ । तर, प्रलयका बेला सबैले सावधानी अपनाउन सम्भव छैन । डराएको र हतास मानसिकताका बीच सावधानीका उपया अपनाउन सकिन्न । यस्तो बेला सबैले आफूलाई सुरक्षित र संयमित राख्ने उपाय खोजी गर्नुपर्छ ।
विनासकारी भूकम्पको विध्वंशपछि सबैभन्दा ठुलो कुरा उद्धार र राहत नै हो । उद्धार र राहतलाई जनस्तरबाटै सशक्त बनाउन सकियो भने पीडा कम गर्न सकिन्छ । भूकम्पमा परेर जति मानिसले ज्यान गुमाएका छन्, उनीहरुको शव व्यवस्थापन र दाहसंस्कार अकोर् महत्वपूर्ण पक्ष हो । सरकारले अब उद्धारलाई द्रुत र राहतलाई तीव्र पार्न कुनै कसर बाँकी राख्नु हुँदैन । सरकारको सानो कमजोरी भयो भने त्यसमा ठूलो निराशा उत्पन्न हुन्छ । अप्ठ्यारो परेकै बेला सरकार चाहिने हो । सरकार अभिभावक भएकाले अभिभावकीय भूमिका निर्वाह गर्न पटक्कै कमजोरी गरिनु हुन्न । कहीँ कमी–कमजोरी भयो भने त्यसले यस्तो असहज परिस्थितिमा झन् असहजता जन्माउँछ, जो दुःखद् कुरा हुनेछ ।
मुलुक भूकम्पको विनासमा परेपछि विदेशी मित्रराष्ट्र र दाताहरुले सहयोगको उदात्त हात अघि बढाएका छन् । मानवीय सम्वेदनालाई बुझेर छिमेकीसहित अन्य मित्रराष्ट्रहरुले गरेको सहयोगको भद्रपुर उपयोग गर्न सक्नुपर्छ । विशेषज्ञ सहितको टोली उद्धार र राहतका लागि नेपाल आइसकेका छन् । शनिबारदेखि नै ती टोली क्रियाशील छन् । शनिबार भारतबाट उद्धारका लागि टोली आएपछि अन्य राष्ट्रबाट पनि त्यस्तो टोली आउने क्रम जारी छ । यसले विदेशी मित्रराष्ट्रहरु नेपालमा परेको विपत्तिका बारेमा संवेदनशील बनेको देखिन्छ । यही संवेदनशीलता सरकारले देखाउन सक्यो भने उद्धार र राहतलाई व्यवस्थित गर्न सकिन्छ ।
मुलुकमा खबौर्ंको क्षति भएको छ । मानवीय क्षति कल्पना गर्न नै सकिन्न । यस्तो अकल्पनीय दैवी विपत्तिका बेलामा संयम् र धैर्यताको खाँचो छ । यस्तो विपत्तिका बेला हरेक मानिसले धीर बनेर अगाडि बढ्न सकियो भने विपद् व्यवस्थापनमा सहयोग मात्र पुग्दैन, त्रासदीलाई न्यूनीकरण गर्न मद्दत पुग्छ । अहिले लाखौँ मानिस सडकमा छन् । शोक र भोकका बीच बाँच्नु पर्दाको पीडा कसैले अनुमान गर्न नै सक्दैन । त्यही अवस्थाबाट समय गुज्रिरहेकाले अब सबै मिलेर उद्धार र राहतमा जुट्नु पर्छ ।
यो बेला सबैभन्दा पहिलो शर्त उद्धार हो । राहतका हातहरु यसबेला स्वभाविक रुपले अघि बढ्नेछन् । उद्धारमा अनुभव पनि जरुरी भएकाले त्यसमा त्यही अनुरुपको जनशक्ति परिचालित हुनु र आवश्यक सावधानी अपनाउन सक्नुपर्छ । भौतिक संरचना ढलेर बनेका भग्नावशेषमा मानव अवशेषहरु रहने सम्भावना टड्कारो रहन्छ । त्यसलाई समयमा नै निकाल्न र व्यवस्थापन गर्न सकिएन भने अकोर् महामारी निम्तन सक्छ । यसतर्फ सरकार अति संवेदनशील हुनैपर्छ । एद्धार र राहतका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नु पर्दछ । सरकारले पानी, वासस्थान र खाद्यय प्रवन्ध गर्न ततकाल कदम नचाल्ने हो भने खुला ठाउँमा रात कटाउनेहरुमा संक्रामक रोग देखा पर्न सक्दछ ।
अहिलेको महाविपत्तिका बेला औषधोपचार, खानेपानीको आपूर्ति अति जरुरी छ । औषधोपचार र शुद्ध खानेपानीको उचित प्रबन्ध मिलाउन सकिएन भने त्यसले समस्यालाई जटिल बनाउँछ । यस्तो बेला लाखौँलाख मानिस खुल्ला आकाशमूनि बस्दा फोहोर मैला उत्पादन बढी हुन्छ । त्यसको व्यवस्थापनमा कठिनाई हुँदा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यस अवस्थामा सबैले जनस्वास्थ्यमा ख्याल पु¥याउनै पर्छ ।
भूकम्पको विध्वंशसँगै उद्धार र राहतको कार्यक्रम काठमाडौँ उपत्यका केन्द्रित भएको छ । राष्ट्रिय तथा अन्तरर्ाष्ट्रिय सबै जनशक्ति उपत्यकामा नै केन्द्रित भएका छन् । मुलुकको राजधानी भएकाले पनि त्यस्तो भएको अवश्य हो । तर, राजधानी बाहिर पनि ठूलो जनधनको क्षति भएको छ । उपत्यकाका काठमाडौँ, ललितपुर, भक्तपुरसँगै, गोरखा, धादिङ, नुवाकोट, काभ्रे, दोलखा, रसुवा, सिन्धुपाल्चोक, लम्जुङ, तनहुँ, कास्की जिल्लाहरु बढी प्रभावित भएका छन् । पूर्वमा पनि क्षतिको अवस्था बढ्दै गएको छ । सुनसररी, मोरङ, भोजपुर, ओखलढु·ा, खोटाङ लगायतका जिल्लामा मानवीय क्षति भएको छ । भौतिक संरचनामा पनि क्षति पुगेकाले सरकारले आफ्नो पहुँचलाई त्यहाँसम्म पु¥याउन जरुरी छ ।
यतिबेला सबैभन्दा खड्किएको कुरा राजनीतिक दलले आफ्नो दायित्वलाई पूरा गर्न सकिरहेका छैनन् । यो सर्वत्र महसुस गरिएको कुरा हो । केन्द्रदेखि गाउँ तहसम्म स·ठित सञ्जाल भएका दलहरुले आफ्नो शक्ति किन परिचालित गर्न सकिरहेका छैनन्, त्यो उदेकलाग्दो पक्ष हो । अन्तरर्ाष्ट्रिय समुदायको ध्यान तानिएको यस महाविपत्तिमा दलहरुले उद्धारका लागि आफ्नो स·ठन पङ्क्तिलाई लामबद्ध गराउन सक्नुपथ्योर् । गाउँ गाउँदेखि कार्यकर्ता पङ्क्ति उद्धार, राहत सड्ढलन र वितरणमा जिम्मेवार तथा जवाफदेही भएर बढ्ने हो भने यो विपत्तिको सामना गनेर् साहस हरेक पीडितमा बटुलिनेछ । देशको राजधानीमा यत्रो विपद् पर्दा कुनै पनि दलको उद्धारमा स·ठित प्रयत्न देखिएन । अब दलहरुले त्यसमा आफ्नो शक्ति परिचालित गनैर्पर्छ ।
राजनीतिक विषय र मुद्दामा आआफ्नै अडान हुन सक्छन् । विपद्का बेला त्यो सबै बिर्सनुपर्छ । विपद्का बेला कोही सरकार र विपक्षी हुन सक्दैन । तर, सत्तारुढ दलको मात्र होइन, विपक्षी दलका कार्यकर्ताहरु समेत उद्धारमा खटिएको देखिएको छैन । त्यस्तो बेला सबै कुरा बिसेर्र महाविपत्तिबाट उत्पन्न परिस्थितिलाई टार्न सबैले लाग्नैपर्छ । यसमा सबैभन्दा पहिला दलहरुले आफ्नो स·ठित शक्तिलाई परिचालन गर्न सक्नुपर्छ । विपत्तिका बेला दुःख र समवेदना व्यक्त गरेर मात्र पुग्दैन । यो त निरन्तर चलरहने र चलिआएको प्रक्रिया हो । नागरिकको मन जित्न र नागरिकसँग भएको अनुभूति दिलाउन दलहरुले आफ्नो शक्तिलाई गाउँ–गाउँसम्म परिचालित गर्न सक्नुपर्छ । हरेक पार्टीका कार्यकर्ता उद्धार र राहतका लागि तयार छन् । उनीहरु पार्टीको निदेर्शन पखेर्र बसेको यस अवस्थामा दलहरुले एउटा पद्धतिमार्फत् कार्यकर्तालाई परिचालित गर्नुपर्छ ।
जहाँ जस्तो परिस्थिति भए पनि अहिलेको मुख्य कुरा उद्धार र राहत नै हो । त्यसपछि भौतिक संरचना पुनःनिर्माण र अन्य कार्य पनेर् छन् । त्यसकारण हरेक तह र तप्काबाट सहयोगी भावनाले काम गर्नुपर्छ । सरकारी पक्षले यो कमजोरी ग¥यो, यो गर्न सकेन भनेर बस्नु हुँदैन । सरकारले यथाशक्य सबै कामलाई व्यवस्थित गर्नुपर्छ । र, सबैतिरबाट उद्धार र सहयोगलाई द्रुत गतिमा अघि बढाउन सकियो भने विनासकारी भूकम्पमा परेका व्यक्तिको जीवितै उद्धार गर्न सकिने सम्भावना पनि रहन्छ । उद्धारमा जति ढिलो गरियो, त्यति नै बढी मानवीय र भौतिक संरचनाको क्षति हुने भएकाले सबै कुरा तपसिलमा राखेर सरकार, राजनीतिक दल र सि·ो नागरिक समाज उद्धार र राहतमा खट्नुपर्छ । सेना, प्रहरी र राज्यको सबै संयन्त्र उद्धार र राहतमा खटेको यो बेला नागरिक पङ्क्तिबाट बढाइएको हात प्रभावकारी हुनेछ ।