Logo

उद्धार र राहतमा भद्रगोल राज्य संयन्त्र



तारामणि सापकोटा

शनिवार आएको बिनाशकारी भूकम्पले ५ हजार भन्दा बढीको ज्यान लिएको छ । दश हजारको संख्यामा घाइते भएका छन् । राष्ट्र संघको प्रारम्भिक अनुमान अनुसार ८० हजार मानिस प्रत्यक्ष प्रभावित भएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश प्राचिन संरचना ध्वस्त भएका छन् । विज्ञका अनुसार ८० प्रतिशत माटोको जडान भएका घर भत्किएका छन् । ५० बर्ष अघि निर्माण भएका घर, संरचना, नयाँ तर भूकम्प प्रतिरोध नभएका नियम मिचेर बनाइएका घर भत्किएको बिज्ञले बताएका छन् । बिज्ञले भने ‘हामीले अनुमान गरे भन्दा धेरै कम क्षति भएको हो ।’ ‘हामीले अनुमान गरेभन्दा काठमाडौं धेरै बलियो रहेछ ।’ तर, बिज्ञका यस्ता बिचारका पक्षमा न त सरकारमा हुने ले पत्याए, न  त सर्वसाधारणले नै ।
७.६ रेक्टर स्केलको भूकम्पले नभत्किएको घरमा मजाले बस्न सकिने बिज्ञको बिचार सुन्ने र बिश्वास सर्वसाधारणलाई नहुनु स्वभाविक हो । तर, सरकारका मन्त्रीलेसमेत बिज्ञका कुरा सुनेनन् । एउटा डाक्टरले रोगको उपचार गर्न जानकार हुन्छ । तर, भूगर्वका बिषयमा जानकार हुँदैन । त्यस्तै राजनीति गर्ने मन्त्रीले बिज्ञको सल्लाह र सुझाव नलिई आफै बिज्ञ हुन खोज्दा सबै भद्रगोल भएको हो ।
भूकम्प आएको ६ दिन बितिसक्दा पनि नागरिकले उद्धार र रहात पाएनन् । सरकारी व्यवस्थापन भद्रगोल र अस्तव्यस्त देखियो । दिदेशीले ल्याएको उद्धार र राहत सामग्री लिन सरकारका प्रतिनिधि एयर पोर्ट पुग्न सकेनन् । एक र अर्को मन्त्रालय र मन्त्री बिच समन्वय हुन सकेन । गृहमन्त्रीले मृतक परिवारलाई तत्काल ४० हजार उपलब्त्र गराउने घोषणा गरे । तर, अर्धमन्त्रीले सस्तो लोकप्रियताका लागि भन्दै आपत्ति प्रकट गरे ।
मानिस पटक पटकको भूकम्पको झड्काले त्रसित थिए । पीडित, त्रसित मानिसलाई के गर्ने, पीडितलाई उद्धार र पुर्नस्थापना गर्न के गर्ने भन्ने बिषयमा बिज्ञको सामुहिक सल्लाह र सुझावको सरकारले महसुस गरेन । बिज्ञ आफै रेडियो र टिभी खोज्दै नचर्किएका घरमा बस्न डराउनु पर्दैन । ठूलो भूकम्प पछि साना भूकम्पको झड्का आउनु स्वभाविक हो भन्नु पर्यो । बिज्ञले रेडियो र डिभीमा भन्दै हिँडेको कुरा सरकारले आधिकारिक रुपमा भन्नु पर्ने हो । त्यसलाई पुष्टी गर्ने काम बिज्ञ हो । तर, यस्तो केही हुन सकेन । सरकारले काठमाडौं असुरक्षित छ भन्दा बिज्ञ आश्चर्यमा परे । उनिहरुले सरकारसँग प्रश्न गरे के काठमाडौं बस्न अयोग्य भएकै हो ?
सरकारको एकीकृत सूचना नहुँदा सर्वसाधारण आतंकित बनेका हुन् । सरकारले व्यवस्थापन र सवन्व्य मात्र गर्नु पर्ने हो । त्यसमा भद्रगोल भयो । सेना, प्रहरी, सरस्त्र प्रहरी, बिदेशी उद्धार टोलीलाई कहाँ कुन ठाउँमा खटाउने, कसलाई कुन जिम्मेवारी दिने, कुन कुरालाई पहिलो प्राथमिकता दिने केहि देखिएन । दुई दिनसम्म सरकारले काठमाडौं भन्दा बाहिर भूकम्प नै नगए जस्तो अर्थात ठूलो क्षति नभएको ठान्यो । तर, जब संचार माध्यममा मृत्यु हुनेको संख्या बाहिरी जिल्लाबाट पनि ठूलो संख्या आएपछि सरकारले उपत्यका बाहिरका जिल्लामा उद्धार र राहतका लागि पहल सुरु गरेको हो ।   
सबैभन्दा आश्चर्य र हाँस उठ्दो त भूकम्पको त्रासले हाम्रा प्रधानमन्त्री शुशिल कोइराला, राष्ट्रपति रामबरण यादव, गृहमन्त्री बामदेव गौतम, अन्य मन्त्री, सभाषद्, उच्च सरकारी अधिकारी पालमा सुते । गर्भका साथ उनिहरुले पालमा सुतेको सुनाए । यो भन्दा उदेक र हाँस उठ्दो मजाक के हुन सक्छ । नागरिक त्रसित भएका बेला बिज्ञले भन्दैछन् ७.६ रेक्टर स्केलको भन्दा तत्काल ठूलो  भूकम्प आउँदैन । नचर्किएका इन्जिनियरिङ मापदण्डमा बनेका घरमा ढुक्कले सुते हुन्छ । तर, हाम्रा प्रधानमन्त्री नै सिंहदरवारको पटाङ्गिनीमा पालमा सुते । प्रधानमन्त्रीले म पनि तपाईहरु जस्तै पालमुनी नै सुतेको छु है भन्ने सन्देश दिन खोजेका होलान् । भूकम्प प्रतिरोधात्क घर भएकालाई पनि सडकमा गएर सुत, तिमी घरमा सुतेउ भने भूकम्पबाट घरले किचिएर मरौला भन्ने सन्देश दिए । यसले सूचना, बिज्ञको सल्लाह र सुझावमा सरकार, प्रधानमन्त्री, मन्त्री र राज्य सम्यन्त्र कति कमजोर छ भन्ने छर्लङ हुन्छ । प्रधानमन्त्री, मन्त्रीका दर्जनौं सल्लाहकार छन् । लाखौं तलब र भत्ता हजम गरेका छन् । तर, यस्तो संकटमा बिज्ञको सल्लाह लिनु पर्छ भन्ने अक्कल नभएकालाई  किन सललाहकार राख्नु ?
नेपाल भूकम्पीय जोखिम भएको देश हो भन्ने दुनियाँलाई थाहा छ । स्कूल देखि बिश्वबिद्यालय तहमा पनि पठनपाठन हुन्छ । बिदेशमा अध्ययन गरेका दर्जनौं नेपाली बिज्ञ देशमा छन् । भूकम्पबाट कसरी जोगिने भनेर जनचेतना जगाउने काम भएकै थियो । काठमाडौंमा भूकम्प आए ठूलो क्षति हुने अनुमान बिज्ञले गरेकै हुन् । देशभर त्यसको सन्देश दिएकै हुन् । तर, राज्य संयन्त्रले त्यस अनुसार आफुलाई कहिल्यै तयार गरेन । आज भूकम्प गएपछि थाहा भयो नेपालमा ठूलठूला बिपत व्यस्थानमा गरेका बिज्ञ रहेछन् । जापानको सुनामी, पाकिस्थान, हाइटीको भूकम्पको उद्धार र व्यवस्थापनमा सहयोग गरेका एकसेएक नेपाली  बिज्ञ रहेछन् । तर, सरकारका मन्त्रीले तिनलाई पत्याएनर वा तिनको कुरा सुन्ने क्षमता राखेनन् ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजाले भूकम्प गएको चौथो दिन एक टेलिभिजनमा अन्तरवार्ता दिंदै उद्धार तथा राहतमा सरकारको कमजोरी रहेको लाचारी व्यक्त गरे । उनले छैठौं दिन मात्र सबै ठाउँमा पाल, चिउरा र चाउचाउ पुग्ने बताए । ति हरिबिजोक भएका पीडितले कहिले देखि खाना खान पाउँछन् त्यसको केही टुङ्गो छैन । कयौं ठाउँमा सरकारको उपस्थितिनै देखिएन । पाल चाहियो भन्दै पीडतले सडकमा नारा लगाएका छन् । गृहमन्त्री व्यवस्था भएको छ, हुन्छ भन्दै छन् । त्यो कहिले सम्म हो टुंगो छैन । पालमा बसेका बालकालिको मृत्यु हुन थालिसक्यो ।
गृह मन्त्री बामदेब गौतमले सभाषद्लाई सबैठाउँमा पाल, चिउरा, बिस्कुट, चाउचाउ पुगेको भने । तर, सभाषद्ले झाँको झारेपछि उनले आफ्नो भनाइ सच्याए । कतिपय सभाषद्ले पावर हुने मन्त्री र सभाषद्ले आफ्नो क्षेत्रका पीडितको उद्धारमा मात्र राज्य संयन्त्र प्रयोग गरेको आरोप लगाए । यस्तो भद्रगोल तरिकाबाट उद्धार र राहत कसरी प्रभावकारी होला ? कसरी र कहिले पीडितले राहत पाउलान् ?
भत्किएका घरमा अझैपनि जिउँदा मानिस फेला परिरहेका छन् । बिदेशी सहयोगमा लागि आउन तयार छन् । तर, सरकार भन्छ ‘प्राविधिक होइन हामीलाई पहिला त्रिपाल पठाइदेउ ।’ सडकमा भएका मानिसको व्यवस्थापन हाम्रो राज्य संयन्त्रले पनि गर्न सक्छ । लाखौं मानिसलाई सडकमा सरकारका मन्त्रीको नलायकीपनले ल्याएको हो । बलिया घर हुनेलाई आफ्ना घरमा फर्काएर शिविरमा राख्नै पर्ने परिवारलाई राख्नु पर्ने हो । तर, त्यो हुन नसक्दा सबै भद्रगाृल भयो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार र राहतमा आफ्नै तरिकाले काम गरिरहेका छन् । भग्नावशेषमा पुरिएका जिउँदा मानिस निकाल्नु सरकारको पहिलो काम हो । त्यसका लागि नेपाली सुरक्षा निकाय अनुभव र प्रविधिमा  कमजोर छ । यसका लागि बिदेशीको प्रबिधि र अनुभव काम लागेको छ । बिदेशबाट प्रविध, बिज्ञ र औषधि मगाउ, जसले गर्दा भग्नावशेषमा पुरिएका र घाइतेलाई बचाउन सकियोस ।    
 

प्रतिक्रिया दिनुहोस्