Logo

सामाजिक क्रान्तिमा बौद्ध दर्शन



तारामणि सापकोटा ।
आज भन्दा २५ सय ७८ बर्ष अघि अर्थात इसा पूर्व ५६३ बर्ष अघि लुम्बिनीमा जन्मिएका सिदार्थ गौतम बुद्ध बने । २९ बर्षको उमेरमा दरवार छाडेर हिंडेका राजकुमार सिदार्थले ३५ बर्षको उमेमा ज्ञान प्राप्त गरे । राजकुमार सिदार्थ भिक्षु मात्र बनेनन् बुद्धका नामले प्रसिद्ध बने । ८० बर्षसम्म बाँचेका बुद्धले ४५ बर्षसम्म आफ्नो ज्ञान दुनियाँलाई बाँडे ।
गौतम बुद्ध अघिको समाजमा वर्णाश्रम व्यवस्था थियो । उनले त्यसलाई चुनौति दिए । मानिसले  ७५ बर्ष पछि मात्र सन्यासमा जानु पर्छ भन्ने मान्यतालाई अस्वीकार गरे । त्यसबेलाको समाजमा बुद्धले ठूलो परिवर्तन ल्याए । चार आर्य सत्य र अष्टाङ्गिक मार्ग नै उनको दर्शनको मूल आधार हो । महिलालाई निच र पाप ठानिने समाजमा भिक्षु बनाए । उनको आश्रममा महिला र पुरुष वा कुनै वर्ण भेद थिएन । २५ सय बर्ष अघिनै कम्युनको अभ्यास साँचो अर्थमा बुद्धले गरेका थिए । आश्रम संचालनका नियम अव्यवहारिक भए त्यसलाई हटाउने नियम बनाए । व्यवहारमा लागू हुने सिद्धान्त र नियम आश्रममा पालन गरे ।
आजको समाजमा महिलाले पढ्नु हुँदैन भन्ने मान्यता कायम रहेको अवस्थामा २५ बर्ष अघि त्यो कति कठिन थियो सहजै अनुमान गर्न सक्छौं । भिक्षुले तीन वटा भन्दा बढी चिवर (कपडा) राख्न नपाइने, दानमा कुनै असन्तोष गर्न नपाइने, सबैले भिक्षटन गर्नु पर्ने जस्ता समानतामा आधारित सिद्धान्त लागू गरेका थिए ।
बुद्धका शिक्षाले मानिसको हृदय र मसितष्कलाई छुन्थ्यो । उनको वाणिले एक पटक सयौं आकर्षित हुन्थे । त्यस बेला ५० हजार भन्दा बढी भिक्षु थिए । लाखौं लाख मानिस बुद्ध धर्मका अनुयायी बने । बुद्धले वा उनका शिश्यले बुौद्ध शिक्षाका लागि कुनै लोभ, लालच वा बल प्रयोग गरेनन् । स्वेच्छापूर्वक लाखौं मानिस भिक्षु बने । राजा, महाराज मात्र होइन समाजमा अछुत भनिएकाहरु पनि भिक्क्षु बने । आश्रममा कुनै भेद थिएन । सबैलाई समान नियम लागू हुन्थ्यो । त्यो बास्तविक कम्युन थियो ।
बुद्धको जीवनमा भन्ने र गर्ने कुरामा फरक थिएन । उनी सँधै वा सबै अवस्थामा शान्त र सौम्य रहन्थे । कुनै उत्तेजना, आवेग, रिष, राग थिएन । कुनै मानिस जीवित छँदै लाखौं लाख अनुयायी बनेका इतिहास संभवत बुद्धको मात्र हो । २५ सय बर्ष अघि लाखौं मानिस अनुवाई हुने कुरा आश्चर्यको घट्ना हो । जिसस क्राइष्टको मृत्यु पछि उनको प्रचार भयो । क्रिष्चियन सम्प्रदायको फैलावटमा बल र व्यपार मिसिएको छ । मुस्लिम सम्प्रदाय पनि मोहमद पैगम्बरको मृत्यु पछि बिस्तार भएको हो । मुस्लिम सम्प्रदायको बिस्तारमा बल प्रयोगले ठूलो काम गरेको छ । तर, बौद्ध धर्म वा दर्शनको प्रभाव मानिसमा यति गहिरो गरी पर्यो जुन आज तुलना गर्नै सकिन्न । मानिसले बौद्ध दर्शनबाट प्रभावित भएर आफ्नो सारा सम्पति मानव कल्याणमा लगाउँदै हजारौं हजार भिक्षु बने । निस्वार्थ बौद्ध शिक्षाको प्रचारमा जीवनभर लागे ।
बुद्धको समयमा भएको चेतना र शिक्षाको बिस्तार ठूलो सामाजिक क्रान्ति थियो । उनको बिचार समाजमा हुने भेदभाव, छुवाछुत, वर्णाश्रम, जातिपाती जस्ता मान्यताका बिपरित थिए । मानिसलाई आकांक्षा त्याग्न सिकाए । लोभ होइन दान गर्न सिकाए । घृणाको सट्टा करुणा र हिंसाको सट्टा प्रेम सिकाए ।
आजको दुनियामा बौद्ध सिद्धान्त अझ सान्दर्भिक हुँदै गएको छ । दुनियाँ जति चेतनशिल हुँदैछ । विज्ञान र प्रविधिले जति बिकास गर्दै छ, त्यति नै बौद्ध दर्शनको महत्व बढेको छ । समाजमा हुने सोषण, असमानता, तनाव, व्यभिचार, लोभ जस्ता कुरालाई बौद्ध सिद्धान्तले अस्वीकार गर्दछ ।  
बुद्धले धर्मलाई सत्य मार्ग भनेका छन् । उनले आत्मा र परमात्मा कुरा गरेनन् । न त इश्वरमा कुनै भक्तिभाव नै देखाए । उनले मानिसलाई ध्यानको मार्गबाट सत्यपान गर्न सिकाए । ध्यानको बाटोबाट सत्मार्गमा हिंड्न सिकाए । उनको चिार वा शिक्षा आजको दुनियामा परिक्षण गर्दा सत्प्रतिशत भौतिकवादी पाइन्छ । उनका भौतिवादी र बैज्ञानिक बिचारबाट आजपनि दुनियाँ प्रभावित छ । बुद्धले ‘सारा( संसार) अनित्य(क्षण–क्षणमा परिवर्तनशील) छ’ भने । यो बुद्ध दर्शनको सम्पूर्ण सार पनि हो । त्यबेला बौद्ध दर्शनको नारा थियो, ‘जो छ त्यो क्षणिक छ, जुन क्षणिक छैन, त्यो छँदै छैन ।’ यसले बुद्ध कति भौतिवादी थिए भन्ने पुष्टी हुन्छ ।
बिज्ञानको प्रयोग प्रयोशालामा गरिन्छ । बुद्धले सारा प्रयोग आफ्नो शरीर, चित्त र प्रकृतिमा गरे । उनले आफ्नै शरीरलाई प्रयोगशाला बनाए । उनले जीवन र जगतका सत्यताको प्रयोगबाट प्रमाणित गरे । उनले ध्यान गर्दा गर्दै पत्ता लगाए कि बाहिरबाट ठोस देखिने शरीर बास्तवमा तरङ्गको समूह मात्र हो । तरङ्ग उत्पन्न हुनछन् र नष्ट हुन्छन् । बुद्धले ‘शरीर प्रकृतिको जल, वायु, पृथ्वी र अग्नीको सानो इकाई मात्र हो’ भने ।
बुद्धका चार आर्य सत्य दुखः छ, दुखःको कारण छ , दुखःको निवारण छ र दुखःको अन्त्य छ । सम्यक् दृष्टी, सम्यक् संकल्प,  सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायम, सम्यक् स्मृति र सम्यक् समाधी आठ मार्ग होस वा ध्यानबाट प्राप्त हुने शील, समाधी र प्रज्ञाको बाटो नै उत्तम बाटो हो भनेका छन् । उनका यि बिचार आजपनि त्यति नै सान्दर्भिक छन् । समाज जति जति बिकसित हुँदैछ । बुद्धका अनुयायी त्यतिनै बढ्दै गएका छन् । बैज्ञानिक बिचार र दृष्टिकोण लिने जो कोही बौद्ध मार्गमा हिंड्न अनिवार्य जस्तै छ । मानिस काम, क्रोध, मोह र इश्र्याबाट मुक्त हुन बौद्ध मार्गमा हिंड्नु पर्ने हुन्छ । पाली भाषामा बोलिएका बुद्धका बिचार आज २५ सय बर्ष पछि संचारले बुझ्न थालेको छ ।    

 
 

प्रतिक्रिया दिनुहोस्