Logo

यौनकर्मी, प्रहरी र सार्वजनिक मुद्धा



हाम्रो समाजमा खुल्ला सेक्सलाई अनुमति छैन । श्रीमती बाहेक अरुसँग सहमति भए पनि कानुनले सेक्सका लागि अनुमति दिँदैन । तर, परम्परादेखि नै परस्त्री र परपुरुषका मुद्दा समाजमा देखिँदै आएको छ । परपुरुष र परस्त्रीगमन गर्नेलाई कानुनले दण्डनीय भनेको छ । मुलुकी ऐन यौन सम्बन्धी पुरानो मान्यतामा आधारित छ । खुल्ला सेक्सको चाहना राख्ने वा यसका पक्षपातीले समाजको डरका नाममा खुल्ला सेक्सको पक्षमा बहस गर्नु उचित ठान्दैनन् । नीति निर्माणको तहमा बस्नेले पनि समाज विरोधी भइने हो कि भन्ने डरले सेक्सको सन्दर्भमा मुख खोन्न चाहँदैनन् ।
सेक्स सबैका लागि चोरीको विषय बनेको छ । बन्द कोठामा वा अझ राति गरिने कार्य भएकाले यसका सवालमा समाजले चर्चा गर्न उचित नठानेको हो । सेक्स पसलमा किन्न पाइने वस्तु हुन्थ्यो भने त्यति बहस हुने थिएन । जहासुकै नपाइने हुनाले यसको विषयमा मानिसको उत्सुकता बढेको हो  । तर, त्यस्तो उत्सुकता खुल्ला रुपमा होइन, बन्द रुपमा हुने गर्दछ । सेक्स मानव जीवनको अनिवार्य सर्त हो । मानिसको शरीरमा उत्पादन हुने ऊर्जाको प्राकृतिक व्यवस्थापन नै सेक्स हो । यो आवश्यक र प्रियकर भए पनि समाजले यसलाई सहज रुपमा स्वीकार्दैन ।
प्राचिनकालदेखि नै सेक्स ठुलाबडाका लागि सहज पहँुचको विषय बनेको थियो । गरिब र कमजोरका लागि सेक्स खुल्ला थिएन । अर्थात् समाजले श्रीमती वा श्रीमान् भनी स्वीकृती नदिएकास“ग सम्बन्ध राख्नु अनुचित ठानिन्थ्यो । आज पनि कानुनी रुपमा यो प्रावधान कायम छ । यद्यपि, व्यवहारमा यो मन्यता भत्किँदै गएको छ । हाम्रो कानुनले सेक्सलाई संर्कीण रुपमा बुझेको छ । नेपालमा कानुन र समाजका नाममा जति सुकै प्रतिबन्ध र अवरोध भए पनि व्यवहारमा सेक्स खुकुलो बन्दै गएको छ । सहर बजारका हरेक होटल र लजमा सेक्स खुल्लमखुल्ला छ । सहरी क्षेत्रमा पाइने खुल्ला सेक्सको सवालमा राज्य अनविज्ञ छैन । यद्यपि, यसको व्यवस्थापनमा उदासिन छ । प्रहरी प्रसाशनले आफ्नो उठ्ती व्यवसायका लागि होटलमा छापा मार्ने र युवायुवती  पक्राउ गर्ने गर्दछ । होटलमा कुनै ठुलै अपराधी लुकेर बसे जस्तो गरी प्रहरीले युवायुवती पक्राउ गर्दछ । पक्राउ परेका पुरुषलाई प्रहरीले कमै मात्र कारवाही गर्दछ । पक्राउ पर्ने र सजाय भोग्ने अधिकांश महिला हुने गर्दछन् । सेक्समा महिलाको मात्र भूमिका हुन्छ भने जस्तो गरी प्रहरीले महिलालाई मात्र कारवाहीको प्रक्रिया अघि बढाउँछ ।  
होटल र लजमा पक्राउ परेका युवायुवतीलाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा चलाउने गर्दछ । सार्वजनिक स्थलमा होहल्ला गरी शान्ति सुरक्षा वा अमनचैन भङ्ग गरेको अवस्थामा सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चल्नु पर्ने हो । दुई जना त्यो पनि बन्द कोठामा आवज नै ननिकाली बस्नु कसरी सार्वजनिक अपराध हुन्छ ? बन्द कोठामा सेक्स गरे भनेपनि कसैलाई बाधा पु¥याएका हुँदैनन् । घरमा श्रीमतीस“ग सहवास गर्नेले पनि कसैले थाहा पाउने गरी सेक्स गर्दैनन् भने गुप्त रुपमा गरिने सेक्सले सार्वजनिक अपराध भयो भन्नु हा“स्यास्पद मात्र हो । अर्को तर्फ प्रहरीले विकृति र अपराध बढ्यो भन्दै होटलमा छापा मार्दछ ।
प्रहरीले महिला पुरुष वा युवायुवती जोडीलाई मात्र फेला पार्दछ । चोरी, डकैती, लुटपाट लगायतका अपराधमा संलग्न होटल लजमा बास बस्दैनन् ? बस्छन्, तर प्रहरीले तिनलाई फेला पार्दैन । झापाका प्रहरी प्रमुख एसपी वेस्यावृतिलाई व्यवस्थित गर्ने कानुन नुहँदा समस्या भएको बताउँछन् । उनी आफू पनि व्यवस्थित सेक्सको पक्षमा रहेको बताउँछन् । राजनीतिककर्मी, पत्रकार, प्रहरी, अधिकारकर्मी सबैलाई सेक्स चाहिएको छ । उनीहरु सबै खुल्ला सेक्स नै चाहन्छन् । तर, खुलेर बोल्ने हिम्मत गर्दैनन् । राजनीतिक तहमा बहस नहुँदा कानुन बन्नमा समस्या भएको हो । उदार बन्दै गएको नेपाली सेक्स बजारलाई त्यही पढेलेखेको जान्ने बुझ्ने बुर्जुक वर्ग विकृति मात्र देख्छ । सेक्सको विषयमा खुलेर छलफल र बहस गर्ने राज्यलाई सुझाव दिने आँट गर्दैन । समाजको अगुवाको यो ढाँेगीपन मात्र हो । हाम्रो ढोँगी समाजको छायाँ प्रत्येक व्यक्तिमा देखिएको छ ।
कानुन नहुँदा त्यसबाट उत्पन्न हुने विकृति रोक्न लाग्ने तर्क प्रहरीको छ । प्रहरी विकृति बढेकोभन्दा अरु केही तर्क गर्दैनन् । के समाजमा हुने विकृति सेक्सकै कारण मात्र भएको हो त ? होइन, बरु सेक्स असहज भयो भने विकृति बढ्ने सम्भावना बढी हुन्छ ।
सेक्स नितान्त दुई बीचमा हुने जैविक क्रियाकलाप हो । यसमा तेस्रो व्यक्ति वा पक्षले अवरोध गर्नु मानवीय अपराध हो । झापाको बिर्तामोड, दमक र काँकरभिट्टा लगायत स्थानका होटलमा यौन विकृति रोक्न छापा मार्ने काम हुने गरेको छ । केही दिनअघि बिर्तामोडमा प्रहरीले एकै पटक तीन दर्जनभन्दा बढी होटलमा छापा मा¥यो । आठ जोडीसहित २४ जनालाई पक्राउ ग¥यो । विगतमा नया“ प्रहरीका हाकिम सरुवा भएर आउँदा होटल, लजमा छापा मारेर युवायुवती पक्राउ गरेर कामको सुरुवात गरे जस्तै त्यही प्रक्रिया होइन भन्न सकिन्न ।
दुई वर्षअघि भएको एक घटनामा म इलाका प्रहरी कार्यालय बिर्तामोड गएको थिएँ । त्यसदिन एक होटलबाट तीन जोडीलाई प्रहरीले पक्राउ गरेको रहेछ । म प्रहरी निरीक्षकको कार्यकक्षमा थिएँ । त्यही बेला पक्राउ गर्ने टोलीका असइसा’वले जाहेर गर्दै थिए । एक जोडी इङ्गेजमेन्ट गरिसकेको र केही दिन पछि बिहेको तयारीमा रहेछन् । अर्का जोडी श्रीमान् श्रीमती रहेछन्, तेस्रो जोडीको श्रीमान् विदेशमा रहेछ न् । गाउँको अर्कै मानिससँग सम्बन्ध रहेछ भन्ने जाहेर गरे । प्रहरी निरीक्षकले तेस्रो जोडीलाई ल्याउन आदेश दिए । ती महिला लगभग ३० वर्ष उमेर पुगेकी थिइन् होला !
रिपोर्टिङपछि प्रहरी निरीक्षकले भने, ‘घरमा छोरा छ, विदेशमा श्रीमान्ले पठाएको पैसा अरुस“ग मस्तिमा उडाउने ?’ निरीक्षकको यस्तो प्रश्नमा ती महिलाले बढो प्रष्टताकासाथ भनिन्, ‘म कुनै पेशेवर महिला होइन, सबैलाई चाहिने कुरा हो । बुढा विदेशमा छन् । बौलाउँदै हिँड्नु भएन । मन मिल्नेसँग गरेकै हो, म नढाटी भन्छु, म उस“ग बिहे गर्ने पनि होइन । बुढाको माया नलागेर पनि होइन । बुढाले पठाएको पैसा मले उसग“ लागेर सकेको पनि छैन ।’ त्यत्तिकैमा असइले बैनी निकै चालु रहिछौ भन्ने शब्द प्रयोग गरे । त्यसको जवाफमा भनिन्, ‘म कसरी चालु भए“ ? मन मिल्नेस“ग सुतेकी हु“, मलाई जे पायो त्यही नभन्नुहोस् ।’ उनले सन्दर्भ त्यति नमिलाए पनि बढो प्रस्टताकासाथ सेक्स मेरो आवश्कता भएको आशय व्यक्त गरिन् । उनी आईएसम्मको अध्ययन गरेकी महिला रहिछन् । घरमा पा“च वर्षको छोरा रहेछ । बुढाले पठाएको पैसा लिन आएकी रहिछन् । श्रीमान्, सासुससुरा सबैस“ग राम्रो सम्बन्ध रहेछ । प्रहरीले पक्राउ गरेपछि घटना सार्वजनिक हुने हो कि भन्ने भय पनि उनीमा छँदै थियो । तर, स्पष्ट ढङ्गले राखेको कुराले उनले छुटकारा पाइन् ।
यस्ता प्रकृतिको सेक्सका घटनालाई हामी सार्वजनिक अपराध मान्दछाँै । सेक्स के हो ? यसको आवश्यकता, के स्वीकृति योग्य, के विकृतपूर्ण हुने भन्ने नछुट्याइ सबैलाई एउटा टोकरीमा राख्नुले विकृति घटाउने होइन, बढाउने गर्दछ । राज्यले उचित व्यवस्थापन नगर्दा आज लजमा श्रीमान् श्रीमती बस्न सक्ने अवस्था छैन । प्रहरीको फन्दामा परिने हो कि भन्ने त्रास हुन्छ । हो, लजमा दैनिक धेरै जोडी सेक्सका लागि धाउने गर्दछन् । बिर्तामोडको एक लज सञ्चालक मित्रले एउटा कोठा २४ घण्टामा आठ पटकसम्म भाडामा लगाएको अनुभव सुनाए । त्यसमध्ये एक जोडीले १५ मिनेट मात्र पनि कोठा प्रयोग गरेको उनले बताए । यसले हाम्रा गेष्ट हाउसमा के हुन्छ भन्ने स्पष्ट छ । यद्यपि, नियन्त्रणका लागि प्रहरीले अपनाउने तरिकाले समाधान निस्कँदैन । कानुनी रुपमै कुन तहसम्म छुट दिने भन्ने प्रष्ट नीति बन्नु आवश्यक छ । अहिलेको बन्देजले सेक्स घट्ने होइन बढ्ने सम्भावना हुन्छ ।
 

 

प्रतिक्रिया दिनुहोस्