Logo

चलचित्र विकास बोर्डले पाँचदिने अभिनय कार्यशाला गर्ने



काठमाडौँ, १३ माघ । नेपाली चलचित्रकर्मीको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनयसम्बन्धी पाँचदिने कार्यशाला सञ्चालन गर्ने भएको छ । बोर्डमार्फत एक सूचना जारी गर्दै इच्छुकलाई १५ दिनभित्र आवेदन दिन अनुरोध गरिएको बोर्डका सदस्य तथा कार्यशाला संयोजक राजु केसीले जानकारी दिए ।

संयोजक केसीले भने,“हामीले अभिनयमा इच्छा राख्नेलाई एउटा मार्ग तयार गर्न लागेका हौँ, यहाँ अभिनयसम्बन्धी प्राथमिक कुरा सिकेता पनि अगाडि बढ्ने मार्ग खोज्न सहज हुन्छ ।”

कार्यशाला यही माघ २९ देखि आगामी फागुन ४ गतेसम्म सञ्चालन हुने र कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरी माघ २५ गतेसम्ममा बोर्डको कार्यालय वा इमेल ामदधयचपकजयउद्दण्द्दद्ध२नmबष्।िअयm मार्फत आवेदन पेस गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्