Logo

सांसद नेम्बाङको स्वास्थ्यमा समस्या, उपचारका लागि काठमाडौँ लगियो



ताप्लेजुङ, १७ माघ । प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ लगिएको छ ।

उनलाई थप उपचारका लागि केहीबेर अघि हेलिकप्टरमा काठमाडौँ लगिएको हो । नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ आएका उनी अचानक बिरामी परेका हुन् ।

सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए । जिल्ला अस्पतालले उनलाई उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान सुझाव दिएको अध्यक्ष थेबेले बताए ।

पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत हुन् । उनी आज बिहान फिदिमबाट ताप्लेजुङ पुगेका हुन् । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो ।

तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अधिवेशनलगायत विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक डाकिएको थियो । सोही बैठकका लागि सांसद नेम्बाङ फुङलिङ आएको अध्यक्ष थेबेले बताए ।

प्रतिक्रिया दिनुहोस्