Logo

बाह्र मिनेटको म्युजिकल फिल्म प्रदर्शनमा



ललितपुर, २१ माघ । उपसभामुख इन्दिरा राणाको प्रमुख आथित्यतामा १२ मिनेटको म्युजिकल चलचित्र ‘चल्ने हावालाई’ प्रदर्शनमा गरिएको छ ।

चलचित्र निर्देशक संगीता श्रेष्ठको निर्देशनमा बनेको सो चलचित्रमा महिला शक्तिकरणका कुराहरू उठाइएको भन्दै उपसभामुख रानाले प्रशंसा गरिन् । आफ्नो जीवन पनि सानैदेखि गरिबी, अभाव र दुःखमै बितेको उनले बताइन् ।

त्यस अवसरमा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा देखिने नकारात्मक कुराहरूलाई गीतसङ्गीतमार्फत उठाइएको भन्दै सफलताको शुभकामना दिए ।

राष्ट्रिय सेवा दलका तालिम योजना तथा अनुगमन निरीक्षक महेशकुमार थापाले महिलाहरूलाई सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सक्षम बनाउनुपर्नेमा जोड दिए ।

गीतमा शिव चम्लागार्इंको शब्द र सङ्गीत छ । फिल्ममा कलाकारहरू सञ्चिता लुइँटेल, बेनिसा हमाल, गजित बिष्ट, सोनिका बास्तोला, थमन सिंह पुर्जा, क्रिस केसी र बाल कलाकार समृद्धि श्रेष्ठले अनिभय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्