Logo

चीनविरुद्ध खेल्ने नेपाली युवा टोली घोषणा



काठमाडौँ, २६ माघ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले मैत्रीपूर्ण फुटबलमा चीनसँग खेल्ने २३ वर्षमुनिका राष्ट्रिय युवा फुटबल टोलीको घोषणा गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल शनिबार हुँदैछ ।

नेपाली टिममा पुजन होना, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगेश गुरुङ, विशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्षम, सञ्जीव विष्ट, लाकेन लिम्बु, उत्सव राई छन् ।

यस्तै, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, विशाल सुनार, कुशल देउवा, सुमित श्रेष्ठ, आयुष घलान, एरिक विष्ट, मनिष डाँगी, सन्तोष महत, निरञ्जन धामी र अञ्जल महर्जन नेपाली टिममा छन् ।

नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न यान्सुको प्रान्तीय टिम बिहीबार नेपाल आइसकेको छ । मैत्रीपूर्ण खेल दशरथ रङ्गशालामा दिउँसो ३ बजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्