Logo

विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गयो



मोरङ, २८ माघ । विराटनगरको बरगाछीमा आइतबार स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । स्कुटरको पछाडि बस्ने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३-००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सुनसरी दुहवी-९ का २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि कोशी अस्पताल लैजाँदा मृत्यु भएको हो । प्रहरीका अनुसार स्कुटरको पछाडि बस्ने सोस्था चौधरी घाइते छन् ।

घटना पछि आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेर केही क्षण कोशी राजमार्ग अवरुद्ध गरेका थिए । प्रहरीले ट्रक चालक शेरबहादुर राईलाई नियन्त्रणमा लिएको छ । अहिले कोशी राजमार्गको अवरोध प्रहरीले हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्