Logo

वीर अमरसिंहमा पुर्व विद्यार्थी समाज गठन, अध्यक्षमा गिरी



बिर्तामोड, २८ माघ । बिर्तामोड-२ स्थित वीर अमरसिंह माध्यमिक विद्यालयमा पुर्व विद्यार्थी समाज गठन गरिएको छ ।

भेलाले पुर्व विद्यार्थी एवं व्यावसायी केदार गिरीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले विद्यालयको भित्री प्राङ्गणमा पेवर्स लगाउने व्यक्तिगत ५ लाख १ हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै सो काम सम्पन्न गर्न आफैँ लागिपर्ने बताए ।

विद्यालय व्यवस्थापन समिति सदस्य धर्म लक्सम्बाले स्वागत गरेको कार्यक्रममा किरण पौडेल, लिला सिलवाल, सीता मिश्र, गंगा सिलवाल लगायतले विद्यालय सर्वाङ्गिण बिकासका लागि अभियान सञ्चालन गर्ने र सहयोग गर्ने प्रतिबद्धता जनाएका प्रधानाध्यापक यदुनाथ अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्