Logo

इन्द्रचन्द्र क्याम्पसमा बारिस्ता तालिम सम्पन्न



बिर्तामोड, २८ माघ । बिर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसमा तीन दिवसीय बारिस्ता तालिम सम्पन्न भएको छ ।

बिर्तामोड स्टडी सेन्टरको आयोजनामा भएको तालिममा ७५ जनाको सहभागिता रहेको थियो ।

उक्त तालिम समापन समारोहको प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली रहेका थिए ।

समापान समारोहमा बोल्दै प्रमुख अतिथि मैनालीले युवा विद्यार्थीले अब विदेशीने सपना लाई त्याग्न र स्वदेशमै केही गर्छु भन्ने भावना निर्माण गर्न आवश्यक रहेको बताए ।

कोनपाना बारिस्ता ट्रेनिङ सेन्टरको सहयोगमा आयोजित तालिम समापन समारोहमा स्टडी सेन्टरका प्रमुख उदय काफ्ले, स्वबियु सचिब श्रीजितजंग ढुंगाना, उत्सब घिमिरे, रबिन खड्का लगायतको उपस्थिति रहेको व्यवस्थापक रामकाजी गिरिले जानकारी दिए ।

क्याम्पस प्रमुख प्रकाश दाहालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा सञ्चालन स्टडी सेन्टरका निर्देशक सरोज पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्