Logo

त्रिविका निमित्त उपकुलपति भुसाललाई तत्काल हटाउनुपर्छ: सांसद श्रेष्ठ



काठमाडौँ, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को निमित्त उपकुलपति प्रा.डा.शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले सो माग गरेकी हुन् । सांसद श्रेष्ठले निमित्त उपकुलपति भुसालले आफैँ उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले उनलाई सरकारले तत्काल पदबाट हटाउनुपर्ने जिकिर गरिन् ।

उनले निमित्त उपकुलपति भुसालले भागवण्डा गर्ने हिसाबले त्रिविमा आफ्नो गतिविधि बढाएको भन्दै त्यस्ता व्यक्ति त्रिविको उपकुलपति हुन लायक नहुने दाबी समेत गरे । उनको नाम त्रिविको उपकुलपति क्यान्डिडेटको सर्ट लिस्टबाट पनि हटाउनुपर्ने सांसद श्रेष्ठको भनाइ थियो ।

उनले भनिन्, ‘कार्यकारीले त्यस्तो गर्न पाउँदैन । त्यो कानुनसम्मत नै भएन । नम्बर वान त्यो हो क्या । तर कार्यबाहकले त्यस्तो भन्न पाउँदैन । त्यो चाहिँ कानुनसम्मत भएन । अहिलेको त्रिविको कार्यबाहकले आफ्नो क्षेत्राधिकार मिचेर आफू नै पछि हुने हिसाबले मैले जति सक्छु भागबण्डा गर्छु भन्ने धेयले काम गर्छ भने त्यो मान्छे त्रिविको भीसी हुन लायक भएन । उसलाई अहिले नै हटाउनु पनि पर्‍यो । त्यस्तो मान्छे पछि त्रिविको सर्टलिष्ट क्यान्डिेटबाट पनि हट्नुपर्‍यो क्या ।’

प्रतिक्रिया दिनुहोस्