Logo

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक



काठमाडौँ, ६ फागुन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा वैशाख २६ गतेसम्म चल्नेछ ।

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते देखि २७ गतेसम्म हुनेगरी यसअघि नै तालिका सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्