Logo

त्रिविकाे उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस



काठमाडौँ, ७ फागुन । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

नाम सिफारिस गर्न गठित समितिले प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।

उपकुलपतिका लागि ४३ जनाको आवेदन परेकोमा पहिलो चरणमा सिफारिस समितिले १४ जनाको नाम छनोट गरेको थियो । छनोट भएका १४ जनाको अन्तर्वार्ता भएपछि शिक्षामन्त्री संयोजकत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

अब विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जनामध्येबाट एक जनालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने छन् ।

गएको कात्तिक १६ गते तत्कालीन उपकुलपति प्राध्यापक धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि तत्कालीन रेक्टर शिवलाल भुसालले तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी पाएका थिए । तर त्यस अवधिमा पनि उपकुलपति छनोट नसकिएपछि फेरि उनले थप तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्