Logo

त्रिदेवमा जिल्लास्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगिता हुँदै



मेचीनगर, ८ फागुन । स्वतन्त्र विद्यार्थी युनियन त्रिदेव बहुमुखी क्याम्पस चारआलीले झापा जिल्लास्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विद्यार्थीहरुको क्षमता अभिवद्धि गर्नुका साथै आन्तरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आगामी फागुन २० गतेबाट उक्त प्रतियोगिता आयोजना गर्न लागिएको स्ववियु त्रिदेव अध्यक्ष अर्जुन गौतमले जानकारी दिए ।

उक्त प्रतियोगिताको विजेताले नगद ३० हजारसहित प्रमाण पत्र, ट्रफी र मेडल पाउने छ भने उपविजेतालाई २० हजार नगदसहित प्रमाण पत्र, ट्रफी र मेडल प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्