Logo

काठमाडौँको सीतापाइलामा एकै परिवारका तीन जना मृत फेला



काठमाडौँ, ९ फागुन । काठमाडौँको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले सीतापाइलमा एकै परिवारका तीन जनाको हत्या भएको जानकारी दिए ।

मृत्यु हुनेमा ३९ वर्षीया ईश्वरी श्रेष्ठ, आठ वर्षीया अनिशा श्रेष्ठ र दुई वर्षीया शिवानी श्रेष्ठ छन् । उनीहरु बस्दै आएको कोठामा मृत फेला परेको र ईश्वरीका श्रीमान् भने फरार रहेको उनले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्