Logo

भारतमा आन्दोलनरत किसान दिल्ली प्रवेशको प्रयासमा



भारत, ९ फागुन । संघीय राजधानी दिल्लीतर्फ अगाडि बढ्न खोजेपछि आन्दोलनरत भारतीय किसानलाई प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

चार चरणको वार्ता असफल भएपछि पुन: राजधानी दिल्लीतर्फ अगाडि बढ्न खोजेका आन्दोलनरत किसानलाई प्रहरीले रोक्नको लागि अश्रुग्यास प्रहार गरेको बीबीसीले जनाएको छ ।

आफ्नो उत्पादनको न्यूनतम समर्थन मूल्यको माग गर्दै आएका किसानहरु आन्दोलनका लागि दिल्लीतर्फ गइरहेका छन् । तर, उनीहरुको राजधानी दिल्लीको यात्रा रोक्न प्रहरीले बाटोमा धेरै तहमा काँडेतार सहित अवरोध खडा गरेको छ । पञ्जाब र हरियाणाको सीमामा हजारौँ किसानहरुले डोजरको प्रयोग गरी अवरोध हटाउने प्रयास गरेका छन् । भिड हटाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

यसैबीच हरियाणा प्रहरीले सुरक्षालाई ध्यानमा राख्दै पञ्जाब प्रहरीलाई पत्रकार, महिला तथा केटाकेटीलाई सीमाभन्दा एक किलोमिटर टाढै रोक्न भनेको छ । दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । एक महिनाका लागि ठूलो समूहमा भेला हुन रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्