Logo

सर्लाहीमा ट्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, ६ घाइते



सर्लाही, ९ फागुन । सर्लाहीको बरहथवा नगरपालिका-१५ प्रिपाभित्तास्थित बागमती नहरमा बुधबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

रौतहटको गढीमाई नगरपालिकाबाट सर्लाहीको हजरियातर्फ आलु खन्न आएकाहरू सवार ट्याक्टर अनियन्त्रित भई नहरमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टरका धनी समेत रहेका चालक गढीमाई नगरपालिका-९ का ५५ वर्षीय जयलाल सहनी र सोही ठाउँका ५० वर्षीय रामनाथ सहनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

दुर्घटनामा गढीमाई नगरपालिका-९ कै १७ वर्षीय आकाश सहनी, १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी, ४५ वर्षीय सुकल देवी, १८ वर्षीया नितेश सहनी र १६ वर्षीया अन्चला कुमारी घाइते भएका छन् ।

उनीहरूमध्ये आकाश र किसनको वीरगन्ज, गर्भी देवी, सुकल देवी र नितेशको गौर तथा अन्चला कुमारीको गरुडामा उपचार भइरहेको प्रहरीले जनाएको छ । नहरको डिलमा रहेको साँघुरो बाटोबाट ट्याक्टर करिब २५ फिट तल खसेको हो ।

प्रतिक्रिया दिनुहोस्