Logo

मानिसको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक: मन्त्री राई



काठमाडौँ, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मानिसको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अरूको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न नबन्ने उनले उल्लेख गरे । उनले सरकारमा बसेका मन्त्रीहरूको सोचले मात्र देश परिवर्तन गर्न सम्भव नहुने बताए । राष्ट्रको सोचलाई उत्पादन, उद्योग र श्रममुखी दिशामा लैजान आवश्यक रहेकामा उनले जोड दिए ।

“हामीले निर्यात गर्न नसकौँला, तर आयात मात्रै प्रतिस्थापन गर्‍यौँ भने पनि हाम्रो सम्पन्नताको ग्यारेन्टी हुन्छ । त्यसतर्फ हामी सबैले सोच्नुपर्छ,” उनले भने ।

मुलुक २५ मन्त्री र पाँचरसात राजनीतिक दलले मात्र बनाएर नबन्ने उनले बताए । “मुलुक २५ जना मन्त्रीले मात्रै बनाएर बन्ने होइन । यो पाँच/सातवटा पार्टीले मात्रै बनाएर बन्ने होइन,” उनले भने, “तीन करोड नेपालीका ६ करोड हातहरू संयमित रूपमा क्रियाशील हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्