Logo

बंगलादेशको एक भवनमा आगलागी: ४४ जनाको ज्यान गयो, २२ घाइते



बंगलादेश, १८ फागुन । बंगलादेशमा एक सात तल्ले भवनमा आगलागी हुुँदा ४४ जनाले ज्यान गुमाएका छन् भने २२ जना गम्भीर घाइते भएका छन् ।

राजधानी ढाकामा रहेको एउटा रेष्टुरेन्टमा भएको आगलागीमा ७५ जनाको भने सकुशल उद्धार भएको बीबीसीले जनाएको छ ।

एउटा रेष्टुरेन्टबाट सल्केको आगो त्यही तल्लामा रहेका अरु रेष्टुरेन्ट, कपडा पसल र मोबाइल पसलमासमेत पुगेको थियो । ग्यास लिक भएका कारण आगलागी भएको हुनसक्ने त्यहाँका अधिकारीहरुले अनुमान गरेको खबरमा उल्लेख छ ।

भर्‍याङ्सहित सबै तल्लामा असुरक्षित तरिकाले ग्यास सिलिन्डर राखेकाले क्षति धेरै भएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्