Logo

चीनको प्रभाव बढेपछि भारतीय सेना माल्दिभ्सबाट दिल्ली फर्कँदै



भारत, २५ फागुन । भारतले आगामी आइतवार माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने तयारी गरेको छ ।

भारतको छिमेकी तथा सानो टापु राष्ट्र माल्दिभ्स चीन निकट बनेपछि भारतले उक्त देशमा रहेका आफ्ना सैनिकहरू फिर्ता गर्न लागेको बिबिसीले जनाएको छ ।

माल्दिभ्समा रहेका झन्डै ८० जना भारतीय सैनिकहरूलाई आगामी मे महिनाभित्र चरणबद्ध रूपमा फिर्ता गर्न त्यहाँका राष्ट्रपति मोहम्मद मुइज्जुले समयसीमा तोकिदिएका छन् । उनलाई व्यापक रूपमा चीनको समर्थन रहेको ठानिन्छ ।

भारतले माल्दिभ्सलाई वर्षौँअघि अनुदानमा दिएका दुईवटा उद्धारमा प्रयोग हुने हेलिकप्टर र एउटा सानो आकारको विमान मर्मत तथा सञ्चालनका लागि आफ्ना सैनिकहरू उक्त देशमा तैनाथ गरिएको बताउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्