Logo

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्छ: महामन्त्री थापा



काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्नुपर्ने बताएका छन् ।

आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभए पनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानुनीरूपमा लिएको भन्दै यस प्रकरणमा छानबिन हुनुपर्ने बताएका हुन् ।

उनले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुसन्धान नगर्ने हो भने अरू धेरै सहकारीलाई पनि छोड्नुपर्ने अवस्था आउने भएकाले सबैलाई छानबिन गर्नुपर्ने बताए ।

पोखराको सूर्यदर्शन सहकारी झण्डै १९ हजार जनाको एक अर्ब ३५ करोड रुपैयाँभन्दा बढी पैसा अपचलनमा परेको पोखरा महानगरपालिकाको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्