Logo

महरा नर्भिक अस्पतालमा भर्ना



काठमाडौँ, ५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले उनलाई स्वास्थ्यको कारण हिरासतको अवधिभर अस्पतालमा बस्न पाउने आदेश दिए पछि महरालाई अस्पताले भर्ना भएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई सोमवार कपिलवस्तुबाट पक्राउ गरेर थियो । प्रहरीले महरालाई सोमवार नै काठमाडौँ ल्याई हिरासतमा राख्ने अनुमतिका लागि अदालत पेस गरेको थियो । काठमाडौँ जिल्ला अदालतले महरालाई अनुसन्धाका लागि ४ दिन थुनामा राख्न अनुमति दिएकोे छ ।

 

प्रतिक्रिया दिनुहोस्