Logo

अफगानिस्तानमा आत्मघाती बम विस्फोट



अफगानिस्तान, ८ चैत । अफगानिस्तानको कान्धार सहरमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ ।

आज भएको विस्फोटमा तालिबान सरकारले भने तीन जनाको ज्यान गएको बताएको बीबीसीले जनाएको छ ।

सिटी सेन्टरमा रहेको एक निजी बैंकमा भएको विस्फोटको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । अफगानिस्तान सरकारका कर्मचारी तलब लिन लाइनमा जम्मा भएको बैंकको शाखामा विस्फोट भएको थियो । विस्फोटमा ज्यान गुमाएका र झन्डै ५० जना घाइतेलाई सहरको सबैभन्दा ठूलो मिरवास अस्पतालमा लगिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्