Logo

रुसमा कन्सर्ट हलमा आक्रमण: ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ पुग्यो



रुस, ११ चैत । रुसको मस्कोमा सांगीतिक कार्यक्रममा हिजो भएको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ जना पुगेको छ ।

यस्तै एक सय ४० जनाभन्दा धेरै घाइते भएका रुसी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको हो ।

सांगीतिक कार्यक्रम शुरु हुनै लाग्दा बन्दुकधारीले अत्याधुनिक हतियारबाट जथाभावी गोली चलाएका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रुसी सञ्चारमाध्ययमले जनाएका छन् ।

उक्त आक्रमणमा प्रत्यक्ष संलग्न चार जना सबै र अरु सात जना गरी ११ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको रुसको अनुसन्धान समिति (आईसीआर) ले जनाएको छ । कट्टरपन्थी समूह आईएसआईएससँग सम्बन्धित आईएसआईएस-केले सामाजिक सञ्जाल टेलिग्राममार्फत आक्रमणको जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्