Logo

दक्षिण अफ्रिकामा बस पुलबाट खस्दा ४५ जनाको ज्यान गयो



दक्षिण अफ्रिका, १६ चैत । दक्षिण अफ्रिकामा एउटा बस पुलबाट खाल्डोमा खस्दा ४५ जनाको ज्यान गएको छ ।

४६ जना यात्रु रहेको बस दुर्घटना हुँदा एक आठ वर्षीया बालिका मात्र बाँच्न सफल भएकी बीबीसीले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रदेशमा रहेको पुलबाट बस खसेर जमिनमा ठोक्कि‌दा आगो लागेको थियो । दुर्घटनामा क्रिस्चियनको धार्मिक कार्यक्रम इस्टर सेवाका लागि मोरिया सहरमा जाँदै गरेका तीर्थयात्री परेका खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्