Logo

रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टरले गर्‍यो कारबाही



काठमाडौँ, १६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालले कारबाही गरेको छ ।

शुक्रबार प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै लिम्बूलाई कारबाही गरेको जनाएको छ ।

लिम्बू प्रेस सेन्टर नेपालका सचिव हुन् । लिम्बूले संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत बेवास्ता गरी चरम अवसरवादी प्रवृत्ति प्रदर्शन गरेको भन्दै उनले संगठनका सबै जिम्मेवारीबाट हटाइएको जनाएका छन् ।

प्रेस सेन्टर नेपालको अनुशासन समितिको सिफारिसमा शुक्रबारदेखि सबै जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्