Logo

पर्वतमा एक दम्पतीकाे हत्या



पर्वत, २० चैत । पर्वतको जलजला गाउँपालिका-२ मल्लाजको दहमा सोमबार राति एक दम्पतीको हत्या भएको छ ।

अपरिचित व्यक्तिले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । जिसी दम्पतीको घरभित्रै हत्या गरेको अवस्थामा मङ्गलबार बिहान भेटिएको वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए ।

उनका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आएका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्