Logo

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने



कञ्चनपुर, २० चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् ।

केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै २३ फागुनमा माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा छन् ।

मुख्यमन्त्री शाहले मंगलबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन सूचना दर्ता गराएका हुन् । बैठक चैत २२ गते दिउँसो ३ बजेका लागि बोलाइएको छ ।​

सुदूरपश्चिममा सरकार निर्माणका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) निर्णायक छ । उसले समर्थन गरेमा शाहले विश्वासको मत पाउने छन् भने समर्थन नगरे उनको सरकार ढल्नेछ । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, माओवादीका सभामुखसहित ११ एमालेका १०, नाउपाका ७, नेकपा समाजवादीका ४ साथै स्वतन्त्र र राप्रपाका १-१ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्