Logo

आउँदो चुनावमा पार्टीलाई एक्लै बहुमत पुर्‍याउने प्रयास गर्नुपर्छ: सभापति देउवा



काठमाडौँ, २४ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो चुनावमा पार्टीलाई एक्लै बहुमत पुर्‍याउने गरी प्रयास गर्नुपर्ने बताएका छन् ।

काठमाडौँमा आयोजित पार्टीको एक कार्यक्रममा देशमा अहिले देखिएको अस्थिरताबारे चर्चा गर्दै उनले कांग्रेस एक्लैलाई आउँदो चुनावमा बहुमत ल्याउने पार्टी बनाउन आवश्यक भएको बताएका हुन् ।

घात, अन्तर्घात नगरी एक भएर कांग्रेसलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनु परेको सभापति देउवाको भनाइ छ । पार्टीलाई मजबुत बनाएर लैजाने काममा ध्यान दिन पनि कार्यकर्तालाई उनले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्