Logo

स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन: महामन्त्री थापा



काठमाडौँ, २४ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन नसकिएको बताएका छन् ।

परिवर्तन नेपाल अभियानले आज यहाँ आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले विसं २०७३ मा तयार पारिएको स्वास्थ्य बीमा कार्यक्रमको अवधारणा आम नागरिक र सरकारलाई बुझाउन नसकिएको बताएका हुन् ।

“स्वास्थ्य बीमाको कार्यक्रम सरकार र आम जनतालाई बुझाउन नसक्दा उपचारकै निमित्त आम नागरिक घरबारविहीन हुने अवस्था सिर्जना भएको छ, विदेशमा दुःख गरेर कमाएको रकम घरपरिवारको स्वास्थ्योपचारमा खर्च गर्नुपर्ने अवस्था आएको छ”, उनले भने ।

पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य बीमा अभियान सबै नेपालीलाई अनिवार्य गर्ने र कुनै रोग लागेमा त्यसैबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेका थिए । घातक रोग लागेपछि उपचार गराउनकै लागि नागरिकले सबै सम्पत्ति गुमाउनुपर्ने अवस्था रोकिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्