Logo

‘चोखो माया’ को म्युजिक भिडियो बजारमा (भिडियो)



झापा, २४ चैत । गायनसँगै संगीत सृजनामा पनि अब्बल रमेश अञ्जान कडरियाको ‘चोखो माया’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।

तिलचन आचार्यको शब्दमा संगीतकार स्वंम कडरियाले संगीत भरेको गीतमा सुमन केसी र पबित्रा आचार्यको स्वर रहेको छ ।

कमल सिंह र आभा थापाद्वारा अभिनित यस गीतको म्युजिक भिडियोलाई सुरेश काफ्लेले निर्देशन गरेका हुन् भने ‘Hamro Creative Team’ ले बजारमा ल्याएको हो ।

गायक तथा संगीतकार कडरियाले एक दर्जन बढि गीतमा आवाज भरेका छन् भने दुई दर्जन बढि गीतमा संगीत दिईसकेका छन् । सँगसँगै हिडेपनि, मन्द मन्द हावा चल्यो, अन्तिम श्वास, परदेशी जिवन र तिम्रो माया घात भयो लगायतका रमेश अञ्जान कडरियाका गीतहरु बजारमा आइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्