Logo

गृहमन्त्रीमाथि अनुसन्धान गर्न संसदीय समिति गठनको अडान कांग्रेसले नछाड्ने



काठमाडौँ, २६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने अडान नछाड्ने निर्णय निकालेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने अडानमा रहने निष्कर्ष निकालेको हो ।

बैठकपछि प्रवक्ता प्रकाशशरण महतले सहकारी प्रकरणलाई निष्पक्षरूपमा छानबिन गर्न संसदीय समिति गठन कांग्रेसको पहिलेदेखिकै ‘बटमलाइन’ भएकाले यसैलाई कायम राख्ने निष्कर्ष निकालेको बताए ।

कांग्रेसले सहकारीको रकम घोटालामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्