Logo

आज उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान



काठमाडौँ, २७ चैत । निर्वाचन आयोगको उपनिर्वाचनअन्तर्गतको कार्यसूचीमा आज उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।

आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

आगामी वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१) मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्