Logo

सभामुखसहित शीर्ष नेताको बैठक बालुवाटारमा सुरु



काठमाडौँ, २७ चैत । सदन अवरोध खुलाउने विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका नेताहरूको बैठकमा सुरु भएको छ ।

सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापासहितका नेताहरू बैठकमा सहभागि भएका छन् ।

सभामुख सचिवालयका अनुसार सभामुखले झापा जाने कार्यक्रम रद्द गरेर सदन खुलाउन पहल गरेका हुन् । दिदीको निधन भएपछि सभामुख घिमिरेले झापा जाने कार्यक्रम तय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्