Logo

कांग्रेस कोशीको प्रमुख सचेतकमा तामाङ मनोनीत



विराटनगर, २७ चैत । नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् ।

संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१)  मा व्यवस्था भएअनुसार कोशी प्रदेशको संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेको दलका नेता उद्धव थापाले जानकारी दिए ।

तामाङ झापाको क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्