Logo

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले पुडासैनीलाई उम्मेदवार बनाउने



काठमाडौँ, २७ चैत । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने भएको छ ।

आज बसेको संसदीय दल कार्यसमितिको बैठकले पार्टी नेत्री विष्णुदेवी पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पुडासैनी गएको माघमा राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन् । राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन तालिकाअनुसार आज दर्ता भएका प्रस्तावको सूची आजै प्रकाशन गरिनेछ । दर्ता भएका प्रस्तावलाई राष्ट्रिय सभाको भोलि बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्