Logo

इजरायलले व्यवस्थापकीय गल्ती गरिरहेकाे छ: जो बाइडेन



काठमाडौँ, २८ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा युद्धमा इजरायलले व्यवस्थापकीय ‘गल्ती’ गरिरहेको बताएका छन् ।

यसअघि पनि बाइडेनले इजरायलको आलोचना गर्दै आएकोमा यो सबैभन्दा कडा आलोचना हो ।

बाइडेनले युद्धविरामका लागि आह्वान गर्न, आउँदो छदेखि आठ हप्ताका लागि अनुमति दिन र गाजामा जाने सबै खाद्यान्न र औषधिमा पूर्ण पहुँच प्रदान गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग आग्रह गरेका छन् ।

अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूले युद्धविराम र बन्धक मुक्त सम्झौतामा प्रगति खोजिरहेका बेला बाइडेनको यो टिप्पणी आएको हो । तर इजरायल र हमास समूहबीच युद्धविराम सहज भने छैन । हमासले स्थायी युद्धविराम, गाजाबाट सबै इजरायली सेनाको फिर्ती र देशको उत्तरी क्षेत्रमा प्यालेस्टिनीलाई निर्बाध आवतजावत खुला गरिनुपर्ने आफ्नो अडान सार्वजनिकरूपमा व्यक्त गर्दै आइरहेको छ ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले हमासको अन्त्य र उसले बन्धक बनाएका मानिस मुक्त नहुँदासम्म युद्ध गरिरहने बताएका छन् । इजरायलमा अन्तर्राष्ट्रिय दबाब बढेको मौका पारेर हमासले भने आफ्ना मागहरूमा थप अडान लिन थालेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्