Logo

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौँ, ३० चैत । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ ।

उक्त बैठक आउँदो वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी गर्न बैठक बस्न लागेको गौतमले बताए । उनका अनुसार महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्