Logo

राप्रपाको भूमिकालाई कसैले नजरअन्दाज गर्न सक्दैन: अध्यक्ष लिङ्देन



काठमाडौँ, ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको दाबी गरेका छन् ।

शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा राप्रपाको भूमिकालाई कसैले नजरअन्दाज गर्न नसक्ने धारणा राखेका हुन् ।

लिङ्देनले पार्टी र एजेण्डाको पक्षमा सकारात्मक सन्देश गएको बताएका छन् ।

जनप्रदर्शनको समीक्षाको क्रममा लिङ्देनले पार्टी स्थापित शक्तिको रुपमा अगाडि बढिरहेको धारणा राखेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्